||ॐ हं हनुमते नमः||

हाम्रो बारेमा

प्रस्तावना

प्रस्तावना: 

श्री हनुमान मन्दिर समिति अन्तर्गत सञ्चालित श्री हनुमान मन्दिर तथा चक्रघाट धार्मिक, आध्यात्मिक र सांस्कृतिक महत्त्व बोकेको पवित्र स्थल हो। नारायणी नदीको पावन तटमा अवस्थित यस मन्दिर भगवान् हनुमान प्रति श्रद्धा र आस्थाको केन्द्रका रूपमा परिचित छ। वि.सं. २०४४ सालको हनुमान जयन्ती मा स्थापना भएको यस मन्दिरले वैदिक सनातन धर्म, संस्कृति तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। नियमित पूजा–आराधना, यज्ञ, प्रवचन तथा धार्मिक कार्यक्रममार्फत मन्दिरले समाजमा धार्मिक चेतना र आध्यात्मिक भावनाको विकास गर्दै आएको छ।

ऐतिहासिक पृष्ठभुमि:
देवभूमि हिमवत्खण्ड नेपालको मध्यवर्ती क्षेत्रअन्तर्गत नवलपरासीको पूर्वी भूखण्डमा अवस्थित श्रीहनुमान मन्दिर तथा चक्रघाट पुराकालदेखि नै धार्मिक महत्त्व बोकेको स्थल हो । सनातन वैदिक/हिन्दु धर्मावलम्बीहरूको जनविश्वासअनुरूप विश्वब्रह्माण्डपालनकर्ता श्रीहरि भगवान् विष्णुले ग्राहद्वारा ग्रसित गजराजको प्रार्थनाबाट प्रसन्न भई आफ्नो सुदर्शन चक्र प्रयोगबाट ग्राहको शिरच्छेदन गरी गजेन्द्रलाई मुक्ति प्रदान गरेको ठाउँ यही नै भएको र सुदर्शन चक्रकै नामबाट कालान्तरमा यस स्थलको नाम चक्रघाट रहन गएको हो भन्ने लोकमान्यता रही आएको छ। श्रीकृष्णागण्डकी र त्रिशूलीनदीको सङ्गमस्थल देवघाट, नारायणीनदी किनारका नारायणघाट, शिवघाट, रामघाट र चक्रघाटजस्ता पवित्र स्थलहरूमा वैदिक धर्मानुयायीहरूले आ-आफ्ना इष्टदेवहरूको विग्रह स्थापना गरी स्नान, पूजा, उपासना र ध्यान गर्ने अनादिककालदेखिको सुदीर्घ परम्परा सञ्चालन हुँदै आएको छ । नारायणी नदीको उत्तर तटवर्ती यो क्षेत्र अनेकौँ प्रजातिका लता, वृक्ष, वनस्पतिहरूले सुसज्जित शान्त, एकान्त र सुरम्य हुनुका साथै पूर्व-पश्चिम राजमार्गसँग जोडिएको हुनाले सुगमसमेत रहेको छ। कर्म, उपासना र ज्ञानप्राप्तिका लागि अत्युत्तम रहेको यही चक्रघाट परिसरलाई केन्द्रविन्दु बनाई वि.सं. २०४२ चैत्र ३० गतेका शुभदिनमा यायावरवृत्तिवाला फलाहारी बाबा श्री १०८ स्वामी शुकदेवानन्द सरस्वतीले यस क्षेत्रको सालको विशाल वृक्षमुनि बसी आफ्नो तपः साधनालाई निरन्तरता दिनुभयो । घाम, पानी र हावाहुरीबाट फलाहारी बाबालाई सुरक्षित राख्न तात्कालिक स्थानीय महानुभावहरू वडा नं.९का बलराम पाठक, धनबहादुर पाण्डे, लालबहादुर पाण्डे, कृष्णवन सन्न्यासी, चक्रपाणि चालिसे, केशवप्रसाद सापकोटा तथा वडा नं.२, ५ र ७ का क्रमशः धनबहादुर थापा, कृष्णभक्त अधिकारी, लक्ष्मण त्रिपाठी र दुर्गाप्रसाद कँडेल लगायतको संयुक्त प्रयास र सक्रियतामा साधना कुटी तथा विश्रामस्थल चौतारो निर्माण गर्नेजस्ता सत्कार्यहरू सु-सम्पन्न भएका थिए । सोही समयमा स्थानीय अगुवाहरूको सक्रियतामा खेलिएको देउसी-भैलो कार्यक्रमबाट स‌ङ्कलित आर्थिक तथा फलाहारी बाबा स्वामी शुकदेवानन्द सरस्वतीले भिक्षादानबाट सङ्कलित रकमबाट पवनपुत्र, रामभक्त श्रीहनुमानजीको मूर्ति ल्याई वि.सं. २०४४ सालको हनुमान जयन्तीका दिन स्थापना गरिएको हो । तात्कालिक वडा अध्यक्ष श्रीरत्नाखर सापकोटाबाट शिलान्यास भएको हनुमान मन्दिरको निर्माणकार्यलाई मिति-२०४७/०६/०३गते श्रीइन्द्रमणि कँडेलको अध्यक्षता र तेजेन्द्र सुवेदीको साचिव्यमा गठित प्रारम्भिक मन्दिर निर्माण समितिले मिति : २०४८/०४/०९ गतेका दिन पूरा गरेपछि यस मन्दिरमा वैदिक विधिद्वारा श्रीहनुमानजीको नित्य, पूजा, पाठ, आरतीका साथै उत्सव समारोहहरू हुँदै आएका छन्। मिति २०५०/१०/२८ गते श्रीरत्नाखर सापकोटाको अध्यक्षतामा मन्दिर विकास समिति गठन भएको हो । वि.सं.२०५१ सालको श्रीपञ्चमीका दिन श्रीहरिहर सन्न्यास आश्रम देवघाटधामका संस्थापक श्री १००८ स्वामी परमानन्द सरस्वतीज्यू महाराजले यस मन्दिरमा आई भक्तसमुदायलाई गायत्री साधनाका लागि कुटी निर्माण गर्न प्रेरणा गर्नुभएपछि ‘गायत्री कुटी’ निर्माण भएको हो। यो धार्मिक संस्था संस्थागत विकास हुँदै जाँदा वि.सं. २०५४/०२/१४ गते गैंडाकोट-८, निवासी भोजराज पौडेलबाट वायुपुत्र शीतलपाटी तथा वि.सं. २०५४/१२/०१ गते गैंडाकोट-३, निवासी श्रीमान्/श्रीमती हरिनारायण/यशोदा उपाध्यायद्वारा टिनको छानोयुक्त हवन कुण्ड निर्माण गरी अमूल्य सहयोग गर्नुभएको छ। वर्तमानमा उक्त हवनकुण्ड पहिलाको स्थानबाट स्थानान्तरण गरी नयाँ र कलात्मक स्वरूपमा निर्माण गरिँदै छ।

सनातन वैदिक धर्म-संस्कृति र संस्कारको संरक्षण-संवर्द्धनका साथै प्रचार-प्रसार गर्ने पावन उद्देश्य लिई वि.सं. २०५५/०६/२६गते जि.प्र.का. नवलपरासीमा तपसिलको समितिको प्रयासमा यो संस्था दर्ता भएकोहो। अध्यक्ष – रत्नाखर सापकोटा, उपाध्यक्ष-बालुराम कुमाल, सचिव-गंगाबहादुर पाण्डे, कोषाध्यक्ष- टंकनाथ सापकोटा, सदस्यहरू- मणिभद्र कँडेल, शिवलाल सापकोटा, बुद्धिप्रसाद सापकोटा, हरिकृष्ण सापकोटा, होमनाथ सापकोटा।

वि.सं.२०५७/०१/०६गतेका दिन मन्दिर कार्यकारिणी समिति, स्थानीय भद्र-भलादमी र सक्रिय युवा व्यक्तित्व श्री थानेश्वर सापकोटाका साथै तात्कालिक अतिरिक्त प्रहरी महानिरीक्षक श्रीकृष्णमोहन श्रेष्ठज्यूको सामूहिक प्रयासबाट काठमाडौँदेखि पत्थरमा कुँदिएको वर्तमान श्रीहनुमानजीको मूर्ति ल्याई भव्यताका साथ स्थापना गरिएको हो । शिवशक्ति तेल मिल, गैंडाकोट-८ का प्रोप्राइटर श्रीदीपक सापकोटाले मन्दिरको उत्तरपट्टि राजमार्गतर्फको गेट निर्माण गरिदिनुभएको थियो । बुटवल-नारायणगढ सडकखण्डको सडक विस्तार गरी ६ लेनको बनाउने (२०७७) भएपछि उक्त भूभाग छोडेर केही वर अहिले नयाँ प्रवेशद्वार समितिबाट बनाइएको छ। गैंडाकोट-२, निवासी सामाजिक व्यक्तित्व श्रीधनबहादुर थापाको सक्रियतामा खानेपानीको पोलिथिन पाईप उपलब्ध भएपछि धेरै समयसम्म पाइपमा ल्याइएको पानीले काम चलाइएको थियो ।

वि.सं.२०६५ साल ज्येष्ठ १७ गते जिल्ला वन कार्यालय, नवलपरासीबाट १८.५ हेक्टरमा फैलिएको नन्दन सामुदायिक वन (हालः नारायणी सामुदायिक वन) मातहतको वनक्षेत्रलाई धार्मिक महत्त्व बढाउनका लागि धार्मिक वन घोषित गरी हनुमान मन्दिर समितिलाई हस्तान्तरण गरिएको हो । धार्मिक वनको विधान निर्माण र हस्तान्तरण गर्ने कार्यमा तात्कालिक मन्दिर समितिका कोषाध्यक्ष श्रीखगराज सापकोटाको योगदान स्मरणीय रहेको छ।

वि.सं.२०६६ सालदेखि २०७५ साल माघ १५ गतेसम्म श्री फणिन्द्र शर्मा सापकोटाको ३ कार्यकालको अध्यक्षतामा सम्पन्न संस्थागत संरचनाहरू यस प्रकार रहेका छन्ः धर्मसभाकक्षसहितको भवन, मन्दिर प्रवेशद्वार, मन्दिरको पूर्व-पश्चिम र उत्तरतर्फको पर्खाल निर्माण, मन्दिर परिसरको खाल्डो पुर्नेकाम, उद्योगपति श्री पवन अग्रवालज्यूको आर्थिक सहयोगमा खानेपानी डिप बोरिङ्ग, नन्दन सामुदायिक वनको आर्थिक अनुदान सहयोगबाट व्यवस्थित शौचालयको निर्माण तथा वि.सं. २०७४ सालदेखि वि.सं.२०९४सालसम्मको २० वर्षे गुरुयोजना तयारजस्ता कामहरू सम्पन्न भएका छन् ।

मन्दिर हेरालुका रूपमा रहनु भएका श्रीदानबहादुर भुजेलको सक्रियतामा त्रिभुवन पाण्डे गैंडाकोट-९, निवासीको श्रमदान र श्रीहरि पत्थरकट्ट (गन्र्धव) बाट पत्थरमा कुँदिएको शिवलिङ्ग, शिवमूर्ति र बसाहमूर्ति, अर्पण, श्रीरत्नाखर सापकोटाकोरू.५,०००।- आर्थिक सहयोग र स्थानीय सहयोगीहरूको आर्थिक तथा श्रमदानका साथै नारायणी सामुदायिक वन उपभोक्ता समितिको आर्थिक अनुदान सहयोगबाट शिवालय मन्दिरको ट्रस्ट र बाँकी निर्माण कार्यका साथै कोही सिद्धसन्तहरूको गुप्तदानबाट सिँढी विस्तार तथा रेलिङनिर्माण कार्य सुसम्पन्न भएको हो । गैंडाकोट नगरपालिकाको कार्यालयबाट धार्मिक पर्यटकीय क्षेत्र विकासका लागि विगत तीन आर्थिक वर्षहरूदेखि निरन्तर बजेट विनियोजित गरी अमूल्य सहयोग प्राप्त हुँदै आएको छ । श्री रत्नाखर सापकोटाको रु. ५१,१७७।-, श्री खगराज सापकोटाको रु. २५,०००।-, श्री तुलसीदेवी पाण्डेको रु. १७.८९५/- र चन्द्रप्रसाद सापकोटाको १०,०००/- दानदातव्यबाट स्थापित अक्षय कोषलाई वृद्धि गर्दै जाने लक्ष्य समितिले लिएको छ।

रु. २ करोड ५१ लाखमा निर्माणकार्य सुसम्पन्न हुने लक्ष्य राखिएको शिखरखजुराव शैलीको कलात्मक निर्माणाधीन श्रीहनुमान मन्दिर निर्माणार्थ चन्दा तथा जिन्सी दान गर्नुहुने सम्पूर्ण दाता महानुभावहरू तथा दातृ निकायको शुभनामावली र शिलालेख गर्नुका साथै उक्त विवरणलाई यस कृतिको दोस्रो संस्करणमा समावेश गरी प्रकाशन गरिनेछ।

संस्थागत स‌ङ्क्षिप्त चिनारी:
संस्थाको नाम: श्री हनुमान मन्दिर चक्रघाट
संस्थाको ठेगाना: गैंडाकोट न.पा. वडा न। ९, सूर्यनगर, नवलपरासी (बसुपू)
स्थापना: वि.स. २०४२ साल
विधान दर्ता: वि.सं. २०५५/०६/२६ गते
जिप्रका दर्ता नं.: ४५८
स्थायी लेखा नं.: ६०३७९१३५२
मन्दिर भएको क्षेत्र: गैंडाकोट नगरपालिका वडा नं. ९, सूर्यनगर, नवलपरासी
धार्मिक वन विधान दर्ता: २०६५/०२/०१ गते
धार्मिक वन हस्तान्तरण: २०६५/०२/१७ गते
क्षेत्रफल: १५.५९ हेक्टर
सीमा: पूर्व चिसापानी खोलाको सिमाना ।
उत्तर: पूर्वपश्चिम लोकमार्गको दक्षिण सीमानासम्म । पश्चिम मुकुन्दसेन सामुदायिक वनको पूर्वी सीमाना खरखरे खोलासम्म ।
दक्षिण: आवादी जग्गा छोडी नारायणी नदी किनारसम्म ।
धार्मिक वन क्षेत्रमा पाइने वनस्पति : साल, साज, चाँप, हर्रो, बर्रो, क्यामुना, सिसौ, अमला, गुर्जो, भलाए लगायत अन्य
कार्यसमिति सदस्य सङ्ख्या: १३ जना
क) पुरुष-९ जना
ख) महिला-३ जना
कार्यसमिति चयन मिति: २०८२/०१/२२ गते
कार्यसमिति चयनविधि: सर्वसम्मत ।
आजीवन सदस्य सङ्ख्या: ६५३

उद्देश्यहरू:
१. समय-समयमा धार्मिक प्रवचन, हरिकीर्तन आदिको आयोजना गरी वैदिक सनातन धर्म संस्कृतिप्रति श्रद्धाभाव जगाउनु ।
२. सर्वसाधारण जनतामा सनातन वैदिक धर्मदर्शनका मूल्यमान्यता र त्यसप्रति आस्था जगाउन यज्ञयागादि गर्नुका साथै नित्य पूजापाठ सञ्चालन गर्नु ।
३. श्रीहनुमान मन्दिर क्षेत्रको भौतिक पूर्वाधार विकास र विस्तार गरी एक आध्यात्मिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नु।
४. चक्रघाट एवम् हनुमान मन्दिरलाई हिन्दु धर्मको आस्थाको केन्द्र बनाई यसको महत्त्वबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गर्नु।
५. मन्दिरद्वारा संरक्षित धार्मिक वन क्षेत्रमा रूद्राक्ष, रक्तचन्दन, चन्दन, सल्ला, अशोक, निम, नरिवल, सुपारी, कुश, वेत, तुलसी आदि धार्मिक प्रकृतिका वृक्ष वनस्पतिहरूको रोपण, संरक्षण र प्रवर्द्धन गर्दै गुरुयोजना मुताबिकका पार्क तथा पूर्वाधारको विकास गर्नु।
६. हनुमान मन्दिरमा भएका सम्पूर्ण कार्यहरू पारदर्शी गरी सुशासनयुक्त संस्थाको रूपमा विकास गर्नु।
५. पहिलो पञ्चवर्षीय योजना : २० वर्षे गुरुयोजना अन्तर्गत पहिलो पञ्चवर्षीय योजनामा श्री टीकाराम सापकोटाको अध्यक्षतामा गठित वर्तमानकार्यकारिणी समितिले शिखरखजुराव शैलीको कलात्मक भव्य श्रीहनुमान मन्दिर, सुव्यवस्थित भोजनालय, परमानन्द गायत्रीकुटी, धर्मशाला, चक्रघाटमा स्नानघाट, पार्किङ, विद्युत व्यवस्थापन जस्ता भौतिक पूर्वाधार विकास तथा श्रीमद्भागवत ज्ञानमहायज्ञ गरी वैदिक धर्म संस्कृतिको रक्षा र धार्मिक वनको विकास गर्ने सङ्कल्प लिएको छ।

परिकल्पना (Mission)

प्राकृतिक सुन्दरताले भरिपूर्ण आध्यात्मिक एवम् धार्मिक पर्यटकीय भौतिक पूर्वाधारको विकास तथा शान्त तपोभूमि नेपालकै नमुना श्रीहनुमान मन्दिर तथा चक्रघाट विकास क्षेत्रको निर्माण।

दृष्टि (Vision) ​

स्थानीय एवम् बाह्य स्रोत साधनको प्रयोग र परिचालन गर्दै धार्मिक पर्यटकीय क्षेत्रको विकास तथा शान्त तपोभूमि स्थापनार्थ निरन्तर लागि पर्ने।

लक्ष्य (Goal)

यस क्षेत्रलाई धार्मिक आस्था, आध्यात्मिक शान्ति र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्दै वैदिक सनातन धर्म, संस्कृति तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हो।

अध्यक्षको भनाई

श्रीहनुमान मन्दिर प्रति श्रद्धा, आस्था र सेवा भाव राख्ने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्दछु।
हाम्रो मन्दिर केवल पूजा–आराधनाको स्थल मात्र नभई धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। भगवान हनुमान को असीम कृपा, भक्तजनहरूको सहयोग तथा समाजको सक्रिय सहभागिताले मन्दिरको संरक्षण, विकास र व्यवस्थापन कार्य निरन्तर अघि बढिरहेको छ।
“संकटमोचन” भगवान हनुमानले हामी सबैलाई साहस, भक्ति, अनुशासन र सेवाको मार्गमा प्रेरित गरून् भन्ने हाम्रो कामना छ। मन्दिर परिसरलाई अझ व्यवस्थित, स्वच्छ र आध्यात्मिक वातावरणयुक्त बनाउन समितिले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको छ।
यस वेबसाइटमार्फत मन्दिरका गतिविधि, धार्मिक कार्यक्रम, सेवा कार्य तथा महत्वपूर्ण सूचनाहरू सबै भक्तजनसमक्ष सहज रूपमा पुर्‍याउने प्रयास गरेका छौं। यहाँहरूको सुझाव, सहयोग र सहभागिता हाम्रो लागि अमूल्य रहनेछ।
अन्त्यमा, मन्दिरप्रति देखाउनु भएको विश्वास, माया र सहयोगका लागि सम्पूर्ण भक्तजन, सहयोगदाता, समाजसेवी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
“जय श्री राम । संकटमोचन हनुमान की जय ।”

— अध्यक्ष
हनुमान मन्दिर व्यवस्थापन समिति​

Liladhar Kandel
लिलाधर कंडेल
९८४५२०१३०४

मिति २०८२/०१/२२ गते गतेको अधिवेशनबाट निर्वाचित

वर्तमान कार्यसमिति

अध्यक्ष: श्री लिलाधर कंडेल
उपाध्यक्ष: श्री प्रेम बहादुर कुमाल ‘अकेला’
सचिब: श्री उमा कुमारी पाण्डे
कोषाध्यक्ष: श्री सृजना पौडेल आर्याल
सह-सचिव: श्री सहदेव पाठक
सह-कोषाध्यक्ष: श्री होम प्रसाद सापकोटा
सदस्य: श्री शोभा पाठक
सदस्य: श्री खगेश्वर उपाध्याय
सदस्य: श्री नन्दकली सापकोटा
सदस्य: भवानीशंकर कंडेल
सदस्य: गोमा कुमारी वन

लेखा तथा सुपरिवेक्षण समिति

संयोजक: श्री नारायण प्रसाद भट्टराई
सदस्य: श्री पार्वती सापकोटा
सदस्य: श्री टंक प्रसाद सापकोटा

अन्य उपसमितिहरु

सल्लाहकार समिति

संयोजक: श्री टिकाराम सापकोटा
सदस्य: श्री प्रेम प्रसाद सापकोटा
सदस्य: खगराज सापकोटा
सदस्य: श्री बुद्धिनाथ घिमीर
सदस्य: श्री पीताम्बर सापकोटा
सदस्य: श्री बुद्धिसागर सापकोटा
सदस्य: श्री गोमा गिरी

अनुगमन तथा मुल्याङ्कन समिति

संयोजक: श्री उमाकान्त सापकोटा
सदस्य: श्री सन्त बहादुर गुरुङ
सदस्य: श्री रमा चालिसे
सदस्य: श्री पंकज अग्रवाल
सदस्य: श्री जुना शर्मा

निर्माण उपसमिति

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

धार्मिक वन समिति

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

मन्दिरका संरक्षक तथा कर्मचारीहरु

प्रधान संरक्षक

१००८ स्वामी ज्ञानानन्द सरस्वती

संरक्षक

श्री पवनकुमार अग्रवाल
श्री सुमन अग्रवाल
श्री संजय अग्रवाल
श्री दीप्ति अग्रवाल

मानार्थ संरक्षक

श्री रत्नाखर सापकोटा
श्री विष्णुप्रसाद सापकोटा

प्रधान संरक्षक

श्री मणिभद्र कंडेल
श्री बुद्धिनाथ घिमिरे
श्री भगवती कंडेल

पुजारी

पं. विनय अधिकारी
पं. रेशमराज अधिकारी

कर्मचारी

गणेशप्रसाद सापकोटा

पूर्व कार्यसमितिका पदाधिकारीहरूको शुभनामावली

प्रारम्भिक समितिको शुभनामावली (२०४७।०६।०३)

अध्यक्ष: श्री इन्द्रमणि कंडेल
उपाध्यक्ष: श्री कृष्णभक्त अधिकारी
सचिव: श्री तेजेन्द्र सुवेदी
कोषाध्यक्ष: श्री कृष्ण वन सन्यासी
सदस्य: श्री रत्नाखर सापकोटा
सदस्य: श्री भिमलाल पौडेल
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री बुद्धिप्रसाद सापकोटा
सदस्य: श्री पूर्णभद्र कंडेल
सदस्य: श्री बलराम पाठक
सदस्य: श्री चक्रपाणि चालिसे

अध्यक्ष: श्री रत्नाखर सापकोटा
उपाध्यक्ष: श्री बालुराम कुमाल
सचिव: श्री गंगाबहादुर पाण्डे
कोषाध्यक्ष: श्री कृष्ण वन सन्यासी
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री टंकप्रसाद सापकोटा
सदस्य: श्री हरिकृष्ण सापकोटा
सदस्य: श्री बुद्धिप्रसाद सापकोटा
सदस्य: श्री होमनाथ सापकोटा

अध्यक्ष: श्री रत्नाखर सापकोटा
उपाध्यक्ष: श्री बालुराम कुमाल
सचिव: श्री गंगाबहादुर पाण्डे
कोषाध्यक्ष: श्री टंकनाथ सापकोटा
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री शिवलाल सापकोटा
सदस्य: श्री हरिकृष्ण सापकोटा
सदस्य: श्री बुद्धिप्रसाद सापकोटा
सदस्य: श्री होमनाथ सापकोटा

अध्यक्ष: श्री रत्नाखर सापकोटा
उपाध्यक्ष: श्री बालुराम कुमाल
सचिव: श्री गंगाबहादुर पाण्डे
कोषाध्यक्ष: श्री होमनाथ सापकोटा
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री शिवलाल सापकोटा
सदस्य: श्री हरिकृष्ण सापकोटा
सदस्य: श्री बुद्धिप्रसाद सापकोटा

अध्यक्ष: श्री रत्नाखर सापकोटा
उपाध्यक्ष: श्री बालुराम कुमाल
सचिव: श्री गंगाबहादुर पाण्डे
कोषाध्यक्ष: श्री खगराज सापकोटा
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री बुद्धिप्रसाद सापकोटा
सदस्य: श्री शिवलाल सापकोटा
सदस्य: श्री हरिकृष्ण सापकोटा
सदस्य: श्री गोमा गिरी
सदस्य: श्री बल्लभी सापकोटा
सदस्य: श्री सरस्वती सापकोटा

अध्यक्ष: श्री फणिन्द्र शर्मा सापकोटा
उपाध्यक्ष: श्री बालुराम कुमाल
सचिव: श्री पीताम्बर सापकोटा ‘क’
कोषाध्यक्ष: श्री अग्निप्रसाद सापकोटा
सहसचिव: श्री दीपा सापकोटा
सह कोषाध्यक्ष: श्री कृष्णप्रसाद रिजाल
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री बुद्धिप्रसाद सापकोटा
सदस्य: श्री गोमा गिरी
सदस्य: श्री वेदप्रसाद चालिसे
सदस्य: श्री मनरूपा सापकोटा
सदस्य: श्री दाताराम पाठक
सदस्य: श्री शिव प्रसाद पाण्डे

अध्यक्ष: श्री फणिन्द्र शर्मा सापकोटा
उपाध्यक्ष: श्री बालुराम कुमाल
सचिव: श्री पीताम्बर सापकोटा ‘क’
कोषाध्यक्ष: श्री अग्निप्रसाद सापकोटा
सहसचिव: श्री दीपा सापकोटा
सह कोषाध्यक्ष: श्री कृष्णप्रसाद रिजाल
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री बुद्धिप्रसाद सापकोटा
सदस्य: श्री गोमा गिरी
सदस्य: श्री वेदप्रसाद चालिसे
सदस्य: श्री मनरूपा सापकोटा
सदस्य: श्री शिव प्रसाद पाण्डे
सदस्य: श्री भवानी वर्तौला

अध्यक्ष: श्री फणिन्द्र शर्मा सापकोटा
उपाध्यक्ष: श्री वेदप्रसाद चालिसे
सचिव: श्री तोयनाथ कंडेल
कोषाध्यक्ष: श्री बुद्धिप्रसाद सापकोटा
सहसचिव: श्री नारायण पाठक
सह कोषाध्यक्ष: श्री नेत्रराज सापकोटा
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री गोमा गिरी
सदस्य: श्री भवानी वर्तौला
सदस्य: श्री खगेश्वर उपाध्याय
सदस्य: श्री नन्दकली सापकोटा
सदस्य: श्री टिकालाल पौडेल
सदस्य: श्री रामचन्द्र सापकोटा

अध्यक्ष: श्री टीकाराम सापकोटा
उपाध्यक्ष: श्री बालुराम कुमाल
सचिव: श्री सरस्वती सापकोटा
सह-सचिव: श्री पीताम्बर सापकोटा ‘क’
कोषाध्यक्ष: श्री बुद्धिप्रसाद सापकोटा
सह कोषाध्यक्ष: श्री विष्णुप्रसाद कंडेल
सदस्य: श्री गोमा गिरी
सदस्य: श्री टीकालाल पौडेल
सदस्य: श्री खगेश्वर गौडेल
सदस्य: श्री जमुना कंडेल
सदस्य: श्री तुलसी सापकोटा
सदस्य: श्री देवीप्रसाद पौडेल

अध्यक्ष: श्री टीकाराम सापकोटा
उपाध्यक्ष: श्री उमाकान्त सापकोटा
सचिव: श्री सीता गिरी वन
कोषाध्यक्ष: श्री बुद्धिनाथ घिमिरे
सदस्य: श्री मणिभद्र कंडेल
सदस्य: श्री पीताम्बर सापकोटा
सदस्य: श्री शशिधर कंडेल
सदस्य: श्री होमनाथ सापकोटा
सदस्य: श्री रामचन्द्र सापकोटा
सदस्य: श्री शोभा पाठक
सदस्य: श्री लक्ष्मी गिरी
सदस्य: श्री युवराज पोखरेल
सदस्य: श्री उत्तम प्रसाद बकावल

Scroll to Top