शोभायात्रामा हनुमान मन्दिर समितिको सहभागिता
मिति २०८२ साल पौष २५ गते आयोजित चौथो गैंडाकोट महोत्सव को पहिलो दिन सम्पन्न भव्य शोभायात्रामा हनुमान मन्दिर समिति सहभागी भएको छ।
धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उद्देश्यले आयोजना गरिएको शोभायात्रामा हनुमान मन्दिर समितिका पदाधिकारी, सदस्य तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बाजागाजा, धार्मिक झाँकी तथा जयघोषसहित सम्पन्न शोभायात्राले महोत्सवको वातावरणलाई थप उत्साहपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।
स्थानीय कला, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न संघसंस्था, आमा समूह, युवा क्लब तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
