||ॐ हं हनुमते नमः||

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह सुरु

डिभिजन वन कार्यालय नवलपुर को आयोजनामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले “वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तिनै तहका सरकार र समुदायको सहभागिता” भन्ने नारासहित सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ।

मिति २०८२ साल चैत १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने उक्त वन डढेलो व्यवस्थापन सचेतना सप्ताहको पहिलो दिनको कार्यक्रम हनुमान मन्दिर परिषद धर्मशाला भवन को सभाहलमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा वन डढेलोका कारण हुने वातावरणीय, जैविक तथा मानवीय क्षतिबारे जानकारी दिइनुका साथै डढेलो नियन्त्रणमा स्थानीय समुदाय, सरकार तथा सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको थियो।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सचेतना अभियान सञ्चालन गरिने बताइएको छ।

Scroll to Top