श्री हनुमान मन्दिरमा यहाँलाई हार्दिक स्वागत छ !
नवलपुर जिल्ला, गैंडाकोट नगरपालिका वडा नं ९ मा अवस्थित यस हनुमान मन्दिर भक्ति र आध्यात्मिक शान्तिको प्रतीक हो। शक्ति, साहस र अटल भक्तिको प्रतीक भगवान श्री हनुमानलाई समर्पित यो पवित्र मन्दिर यस क्षेत्रभरका भक्तजनहरूको आस्थाको केन्द्र रहेको छ।
गतिविधिहरु
अध्यक्षको भनाई
श्रीहनुमान मन्दिर प्रति श्रद्धा, आस्था र सेवा भाव राख्ने सम्पूर्ण भक्तजनहरूमा हार्दिक स्वागत गर्दछु।
हाम्रो मन्दिर केवल पूजा–आराधनाको स्थल मात्र नभई धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। भगवान हनुमान को असीम कृपा, भक्तजनहरूको सहयोग तथा समाजको सक्रिय सहभागिताले मन्दिरको संरक्षण, विकास र व्यवस्थापन कार्य निरन्तर अघि बढिरहेको छ।
“संकटमोचन” भगवान हनुमानले हामी सबैलाई साहस, भक्ति, अनुशासन र सेवाको मार्गमा प्रेरित गरून् भन्ने हाम्रो कामना छ। मन्दिर परिसरलाई अझ व्यवस्थित, स्वच्छ र आध्यात्मिक वातावरणयुक्त बनाउन समितिले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको छ।
यस वेबसाइटमार्फत मन्दिरका गतिविधि, धार्मिक कार्यक्रम, सेवा कार्य तथा महत्वपूर्ण सूचनाहरू सबै भक्तजनसमक्ष सहज रूपमा पुर्याउने प्रयास गरेका छौं। यहाँहरूको सुझाव, सहयोग र सहभागिता हाम्रो लागि अमूल्य रहनेछ।
अन्त्यमा, मन्दिरप्रति देखाउनु भएको विश्वास, माया र सहयोगका लागि सम्पूर्ण भक्तजन, सहयोगदाता, समाजसेवी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
“जय श्री राम । संकटमोचन हनुमान की जय ।”
— अध्यक्ष
हनुमान मन्दिर व्यवस्थापन समिति
लिलाधर कंडेल
९८४५२०१३०४
सम्पर्कको लागि
सम्पर्कमा रहनुहोस्
ठेगाना
गैंडाकोट नगरपालिका वडा नं ९ नवलपरासी (पुर्व), गण्डकी, नेपाल
ईमेल
abc@gmail.com
फोन नं
9748203940



