गैंडाकोट युवा भजनद्वारा आयोजित भजन कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न
गैंडाकोट ।
गैंडाकोट युवा भजन समूहको आयोजनामा आज मिति २०८३ साल वैशाख २६ गते गैंडाकोट युवा भजन द्वारा आयोजित विशेष भजन कार्यक्रम श्री हनुमान मन्दिर मा भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
धार्मिक तथा आध्यात्मिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय भक्तजन, युवा वर्ग, समाजसेवी तथा विभिन्न क्षेत्रका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा भगवान श्रीहनुमानप्रति समर्पित भजन, कीर्तन तथा स्तुति प्रस्तुत गरिनुका साथै मन्दिर परिसर भक्तिमय वातावरणले गुन्जायमान बनेको थियो।
कार्यक्रममा सहभागी भक्तजनहरूले यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा, नैतिक चेतना तथा आपसी सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए। आयोजक संस्थाले युवा पुस्तालाई धर्म, संस्कार र संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भक्तजन, स्थानीयवासी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।
