||ॐ हं हनुमते नमः||

बाढीपहिरो पीडितको राहतका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

२०८३-०५-१८ गते। हनुमान मन्दिर समिति चक्रघाटले रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ हजार १११ सहयोग प्रदान गरेको छ।

प्राकृतिक विपत्तिका कारण पीडामा परेका परिवारहरूको उद्धार, राहत तथा सहयोगका लागि समितिले उक्त रकम सहयोग गरेको हो। विपद्को यस कठिन घडीमा पीडित परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गर्दै मानवीय सेवाको भावनासहित सहयोग प्रदान गरिएको समितिले जनाएको छ।

यस मानवीय कार्यमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण दानवीर महानुभावहरू, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकार समिति, कर्मचारी तथा पुजारीज्यूहरूप्रति हनुमान मन्दिर समिति चक्रघाट परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

विपद्का समयमा एकअर्कालाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय धर्म भएको उल्लेख गर्दै समितिले पीडित परिवारहरूको शीघ्र पुनःस्थापना तथा सामान्य जनजीवनमा फर्किने कामना गरेको छ।

Scroll to Top